२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

प्रतिभा टोलमा वृक्षारोपन

लक्ष्मण बस्नेत,  
तुलसीर ३ साउन । प्रतिभा टोल विकास संस्था तुलसीपुर ५ ङ लाईनमा आज शनिवार वृक्षारोपन गरिएको छ ।

तुलसीपुर उपमहानगरको ग्रीन क्लिन अभियान अन्तर्गत उपमहानगरको आर्थिक एवं प्राबिधिक सहयोग तथा टोल बिकास संस्थाको संयोजनमा बृक्षारोपन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका वातावरण संयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछानेले कपुर जातको बिरुवा रोपेर वृक्षारोपणको सुरुवात गर्नृभएको थियो । टोल विकास संस्थालाई सुन्दर हरियाली र वातावरणमैत्री बनाउने उदेश्यका साथ गरिएको वृक्षारोपणमा राज वृक्ष, बज्रदन्ती, बिरेन्द्र फुल, राउण्ड धुपी, कल्पिफुल, गुलमोर निम, लहरेअशोक, श्रीखण्ड, कपुर, चाँदनी, कामनी फुल सेतो, रुद्राक्ष, ज्याग्रण्डा निलो फुल लगाएतका १४ प्रजातिका बिरुवा रोपिएको छ ।

वृक्षारोपणको औपचारिक कार्यक्रम टोल बिकास संस्थाका अध्यक्ष प्रेम योगिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका वातावरण संयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्य एवं ग्रीन तुलसीपुर क्लिन तुलसीपुर अभियानका अभियान्ता बिमल रिजालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अवसरमा तुलसीपुर उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, सदस्य टेक प्रकाश केसि, टोल बिकास संस्थाका पदाधिकारी तथा साधारण सदस्यको उल्लेख्य उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन टोल बिकास संस्थाका सचिव लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।