रगैंजा,
३ साउन । शान्तिनगरको रगैंजा बजारका व्यवसायीहरुले व्यवसायीक सुरक्षाको माग गरेका छन् । पश्चिम दाङको हापुरे बजार पछिको दोस्रो ठुलो बजारको रुपमा विस्तार हुँदै आएको रगैंजा बजारमा व्यवसायीक सुरक्षा नहुँदा व्यवसायीहरु त्रसित भएका छन । विगत २/३ दिन यता रगैंजा बजारमा युवा युवाहरु विच ग्याङफाइट, होहल्ला र व्यवसायीहरुलाई धम्काउने काम हुँदै आएको भन्दै रगैंजा बजारका व्यवसायीहरुले सुरक्षाको माग गरेका हुन ।
आज शनिवार व्यवसायीहरु विच व्यवसायीक सुरक्षाको विषयमा छलफल भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा र शान्तिनगर गाउँपालिका वडा नं ५ वडा कार्यालयको संयुक्त पहलमा व्यवसायीक सुरक्षाको विषयमा छलफल भएको हो । बजारको रुपमा विस्तार हुँदै आएको रगैंजा बजारमा सुरक्षा निकाय नहुँदा व्यवसायीहरु क्रसित भएको दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्माले बताउनु भयो ।
विगत केही बर्ष देखि अस्थाई प्रहरी पोष्टको माग गर्दै आएपनि सम्वन्धित निकायले ध्यान नदिदा रगैंजाका व्यवसायीहरुलाई समस्या परेको र हालै २/३ दिनदेखि रगैंजा बजारमा दैनिक झडप र होहल्ला हुदा व्यवसायीहरुको मनोबल घटेको अध्यक्ष शर्माले भन्नुभयो, – ‘रगैंजा बजारका व्यवसायीहरुको व्यवसायीक सुरक्षाका लागि आज छलफल भएको छ, व्यवसायीक सुरक्षाको माग सम्वन्धित निकायमा पुराउँछौ । शान्तिगर गाउँपालिका भित्रका विभिन्न स्थानमा व्यवसायीक सुरक्षा व्यवस्था नभएको हुँदा व्यवसायीहरुले विभिन्न समस्या भोग्दै आएका छन् ।’ शान्तिगरका विभिन्न स्थानका खोरबाटै बाख्रा चोरीका घटना बढ्दै गएको भन्दै कृषकहरुलाई सुरक्षाको वातारण मिलाई दिन पनि सम्वन्धित निकायलाई आग्रह समेत गर्नु भयो ।
रगैंजा बजारमा दिनदिनै झडप, होहल्ला र व्यवसायीहरुलाई धम्काउने काम भएको हुँदा यसलाई रोक्न शान्तिनगर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले सवैलाई आग्रह गर्नुभयो । व्यवसायीक सुरक्षाका लागि रगैंजा बजारमा अस्थाई प्रहरी पोष्ट आवश्यक रहेको औल्याउदै अध्यक्ष बस्नेतले यसका लागि पहल कदमी चालेको तर सम्वन्धित निकायले ध्यान नदिएको बताउनु भयो । वडा कार्यालय रगैजा बजार भित्र रहेको र झडप तथा होहल्ला हुदा व्यवसायी सहित वडा कार्यालयमा पनि असर पुग्ने वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
व्यवसायीक सुरक्षा नहुँदा रगैंजा व्यवसायीहरु क्रसित हनुपर्ने अवस्था सिर्जना भएको रगैंजा बजारका संस्थापक व्यापारी यमलाल भण्डारीले बताउनु भयो । सुरक्षाको व्यवस्था नहुँदा एक बर्ष अगाडि आफुमाथि पनि केहि व्यक्तिहरुले आक्रमण गरेको उहाँले बताउनुभयो । रगैंजा बजारमा बैङको आवश्यकता रहेको तर सुरक्षा व्यवस्था नहँदा बैङक बस्न नसकेको हुँदा यसका लागि रगैंजा बजारमा अस्थाई प्रहरी पोष्टको माग भण्डारीले गर्नुभयो ।
रगैंजा बजारमा व्यवसायीक सुरक्षाको माग सहितको डेलिकेशन :
रगैंजा बजारका व्यवसायीहरुले व्यवसायीक सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यालय खिलतपुरमा डेलिकेशन बुझाएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्मा र शान्तिनगर गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गिरीराज बस्नेतको नेतृत्वमा गएको एक टोलीले ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरिक्षक मोहन विक्रम केसी समक्ष डेलिकेशन बुझाएका हुन ।
यवसायीहरुको डेलिकेशन बुझ्दै प्रहरी निरिक्षक केसीले रगैंजा बजारका व्यवसायीहरुको जायज माग भएकाले यसका लागि पहलकदमी चाल्ने बताउनु भयो । अस्थाई प्रहरी पोष्टका लागि जिल्लामा कुरा राख्ने तर तत्कालका लागि रगैंजा बजारको व्यवसायीक सुरक्षाका लागि आजैबाट २ जना प्रहरी खटाउने प्रहरी निरिक्षक केसीले बताउनु भयो ।
पछिल्लो समयमा शान्तिनगरमा विभिन्न घटाना बढेको भन्दै स्थानियले प्रहरीलाई सुचना दिन आग्रह समेत गर्नु भयो । जनताको सुचना विना प्रहरी पनि आफै थाहा नपाउने भन्दै कुनै ठाउँमा घटना घट्न सक्ने सम्भावना र घटना घटे तुरुन्त ईलाका प्रहरी कार्यालय खिलतपुरमा खवर गरी सुचना दिन प्रहरी निरिक्षक केसीले आग्रह गर्नुभयो ।