२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

घर फर्किने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

पाल्पा,
३ साउन । रिडी खोलाले बगाएर सन्धिखर्क नगरपालिका–८, किमडाँडाका ४० वर्षीय देवबहादुर मुखियाको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरीको पटवाचौरमा रिडीखोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

भुवनपोखरीबाट घर फर्किने क्रममा मुखिया शुक्रबार खोलाले बगाएर बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा गुल्मीको छत्रकोट गाउँपालिका–५, मनभाकस्थित रिडी खोलामा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मुझुङका प्रहरी सहायक निरीक्षक भोला कुँवरको नेतृत्वमा खोजी कार्य गर्दा मृत अवस्थामा भेटि आफन्तले शव बुझेका छन् ।