२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

कोरोना संक्रमित भेटिएपछि रोल्पा नगरपालिकाका २ वडा सिल

रोल्पा,
३ साउन । रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नम्वर ४ को गुरुङ गाउँ र वडा नम्वर १० को थवाङ क्षेत्रलाई सिल गरिएको छ । शनिवार दिउँसो १२ बजेदेखी लागु हुने गरी नगरपालिकाका दुई वडाका ती क्षेत्रलाई सिल गरिएको हो ।

शुक्रवार वडा नम्वर १० का १२ जना र वडा नम्वर ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले शनिवार यस्तो निर्णय गरेको हो ।

त्यस क्षेत्रमा अर्को आदेश नभए सम्मका लागी यो नियम लागु गरिने छ ।

केन्द्रले निर्णय सार्वजनिक गदै कोरोना रोकथाम तथा नियन्त्रणका लागी सोहि नगरपालिका वडा नम्वर १, २, ३ र ४ को बजार क्षेत्रलाई आईतवार बेलुका देखी लागु हुनेगरी पुर्ण रुपमा लकडाउन गर्ने जनाएको छ । उक्त समयमा अत्यआबश्यक काम बाहेक घर बाहिर ननिस्कन र यदी निस्किएको अवस्थामा अनिवार्य मास्क लगाउन केन्द्रले भनेको छ ।

साथै बैंक तथा वित्तिय संस्था खुल्ला भएता पनि सेवा बन्द हुने, अत्यआवश्यक सवारी साधन बाहेक अन्य साधन सवारी पास बिना चलाउन नपाईने र स्थानिय प्रशासनले पटकपटक गरेका अपिललाई पालना गर्न पनि आग्रह गरेको छ ।