२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

खेलकुद भवनमा सरसफाइ तथा वृक्षारोपन

बबई,
३ असार । बबई गाउँपालिका वडा नं. ७ वडा कर्यालय नजिकै रहेको नव निर्मित खेलकुद भवन परिसर वरीपरी सरसफाइ तथा वृक्षा रोपन गरिएको छ।

खेलकुद विकास समिति बबईका पूर्ब उपाध्यक्ष खेमराज डाँगी नेतृत्वमा सरसफाइ तथा वृक्षारोपन गरिएको हो ।

सो अससरमा अनार, निम, टिक जस्ता प्रजातिका विरुवा रोपिएको भक्त डाँगीले जानकारी दिनुभयो ।

कार्यक्रममा युवा खेलाडी तथा पूर्व खेलाडीहरूको सहभागिता रहेको थियो।