सांकेतिक तस्वीर ।
रुकुम पूर्व,
३ साउन । गुप्तादहमा डुबेका किशोरको ३ दिनपछि शव फेला परेको छ ।
बुधबार पौडी खेल्नेक्रममा डुबेका सिस्ने गाउँपालिका–१ का १९ वर्षीय लजिम बुढाको शव शुक्रबारमात्रै दहको बीचमा हिलोमा धसिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गुप्तादह गाउँभन्दा माथि छ । बुधबार डुबे पनि बुधबार र बिहीबार उनको खोजी नै भएको थिएन । स्थानीयले खोज्ने प्रयास गरेनन् । प्रहरी पुग्दा २ दिन लाग्यो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नायगाडको टोली पुगेर उनको खोजी गरेको थियो । प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा प्रहरी टोली गुप्तादह पुगेको थियो ।
३ हजार ४ सय मिटर उचाईमा रहेको गुप्तादह आसपासमा उनी गोठालो गएका थिए । गुप्तादह यो समयमा भरीभराउ छ । वस्तुभाउ नै लिएर सर्वसाधारण बस्ने जाने गरेका छन् ।