२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

कुलो बन्द हुँदा गाउँमा पानी

तुलसीपुर,
४ साउन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकार पसल चोक नजिकका गाउँमा कुलोको पानी पसेको छ ।

गएरातिको बर्षाका कारण रझेना कुलो ठुलो आएको र हेमपाइप बन्द हुँदा कुलोको पानि गाउँमा पसेको हो । पुकार पसल चोक वरपरका गाउँमा कुलोको पानी पसेर जलमग्न भएको छ । सो ठाउँमा सडक क्रस गर्नका लागि रझेना कुलोमा राखिएको हेमपाइप बुझिएर पटक पटक गाउँ जलमग्न हुने गरेको स्थानिय शिवराज भण्डारीले बताउनु भयो ।

केहि दिन अगाडि पनि हेमपाइप बुझिएर गाउँमा पानी पसेको र गएरातिको बर्षाले आएको रझेना कुलोले गाउ जलमग्न भएको भण्डारीले बताउनु भयो ।

पटक पटक कुलो कारण बर्षामा समस्या भोग्दै आएको भन्दै स्थानियले यस समस्याको समाधान गरिदिन सम्वन्धित निकायलाई आग्रह गरेका छन् ।