काठमाडौं,
४ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल सार्वजनिक यातायात नचलाउने भएको छ।
यातायात सञ्चालन सम्बन्धी परिपक्व कार्यविधि नबनेसम्म गाडी नचलाउने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘गाडी खोल्न लाग्यो भनेर भ्रामक समाचार बाहिरिएको रहेछ। हामी कार्यविधिको लागि छलफलकै क्रममा छौं। महासघंले गाडी खोल्ने निर्णय गरेको छैन,’ सिटौलाले भने।
मजदुरको स्वास्थ्य सुरक्षा, कोरोना बीमा र गाडी रोक्ने निश्चित स्थान नतोकेसम्म नचलाउने उनले बताए।
‘हाम्रा मजदुरलाई स्वास्थ्य सुरक्षाको उपकरण, बीमा लगायतको व्यवस्था नभई कसरी काम गर्न पठाउने, भोलि केही भैहाल्यो भने जवाफदेही को हुन्छरु,’ उनले भनेको खबर सेतोपाटीमा प्रकाशित छ ।