२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

कांग्रेसले वीपी स्मृतिमा तीन दिन कार्यक्रम गर्ने

काठमाडौं,
४ साउन । नेपाली कांग्रेसले वीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी तीन दिनसम्म मनाउने बताएको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार साउन ५ देखि ७ गतेसम्म कार्यक्रम गर्न लागिएको हो।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल माध्यमबाट बदलिएको विश्व र वीपीको समाजवाद, वीपी विचारस् सम्मान, अबसर र समृद्धि तथा वीपीको साहित्यमा समावेशी चेत विषयमा केन्द्रीत रहेर कार्यक्रम गरिने शर्माले जानकारी दिए।

प्रवक्ता शर्माका अनुसार कार्यक्रम साउन ५ गते साँझ सात बजेर १५ मिनेटमा कार्यक्रम हुनेछ। साउन ६ गते बिहान ९ बजे र साउन ७ गते साँझ ७ बजेर १५ मिनेटमा कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ हुनेछ।

कांग्रेस भातृ संस्था नेपाल तरूण दलले पनि विभिन्न कार्यक्रम गरी ७७ जिल्लामै वीपी स्मृति मनाउन निर्देशन दिएको छ।