२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

बबईमा थप एक महिला र एक पुरुषमा कोराना पुष्टि

बबई,
४ साउन । बबई गाउँपालिकामा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

आज २ जनामा कोराना थपिएसंगै बबईमा जम्मा कोरोना संक्रमितको संख्या २२ पुगेको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा गरिएको पिसिआर विधिको परिक्षणमा थप २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

बबई गाउँपालिका वडा नं. ६ का एक जना १८ बर्षिया महिला र एक जना ३५ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बबई गाउँपालिकाका कोरोना फोकल पर्सन शरदराज गिरीले जानकारी दिनुभएको छ ।