२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

थारु पत्रकार संघलाई प्रेस ज्याकेट सहयोग

दाङ,
४ साउन । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आशमानी चौधरीले थारु पत्रकार संघलाई १५ हजार मुल्य बराबरको प्रेस ज्याकेट सहयोग गरेकी छिन् ।

चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर विपद्को समयमा फ्रन्टलाइनमा काम गर्ने सञ्चारकर्मीहरुलाई प्रेस ज्याकेट सहयोग गरेकी हुन । चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग घोषणा गरेको ज्याकेट आइतवार एक कार्यक्रमको आयोजना गरि थारु पत्रकार संघका केन्दीय अध्यक्ष सन्तोष दहितलाई हस्तान्तरण गरेकी हुन ।

प्रेस ज्याकेट हस्तान्तरण गर्दै चौधरीले विप्दको समयमा फ्रन्टलाइनमा खटेर काम गर्ने सञ्चारकर्मीहरुलाई सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको बताइन । ‘मैले आफ्नो केहीदिन पहिले परेको जन्मदिनका अवसरमा प्रेस ज्याकेट सहयोग गर्ने प्रतिवद्धता गरेको थिए’–केन्द्रकी अध्यक्ष चौधरीले भनिन्–‘प्रेस ज्याकेट बाहिरबाट मगाउँदा ढिलाई भएको थियो, आइपुगेपछि आज हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।’उनले सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने बताएकी थिइन ।

थारु पत्रकार संघका केन्दीय अध्यक्ष सन्तोष दहितले कोरोना भाइरसको संकटको समयमा पत्रकारलाई प्रेस ज्याकेट सहयोग गरेकामा ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्षलाई धन्यावाद दिएका थिए । उनका अनुसार चौधरीले ५० पिस ज्याकेट सहयोग गरेकी हुन ।

कार्यक्रमको सहजीकरण थारु पत्रकार संघ दाङका अध्यक्ष नविन चौधरीले गरेका थिए । यसअघि थारु पत्रकार संघलाई थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य चुर्ण चौधरीले पनि प्रेस ज्याकेट सहयोग गरेका थिए ।