तुलसीपुर,
४ साउन । तुलसीपुरका एक घरबेटीले घर भाडा छुट गरेका छन् ।
तुलसीपुर ५ ख लाइनमा रहेको के एण्ड के किचन एप्लायसेन्सेस र अम्बे इलेक्ट्रिक्स वर्कसप भएको घरका घरबेटी जमुना प्रसाद गुप्ताले घर भाडा छुट गरेका हुन् ।
कोरोना महामारीको यो संकट बेलामा भाडा तिर्न समस्या पर्ने भएकाले लकडाउनको भाडा छुट गरेको गुप्ताले बताए ।