२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

सिचाईका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको मृत्यु

प्रतीकात्मक तस्वीर ।

धनगढी,
५ साउन । बझाङमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ।

आइतबार साँझ तल्कोट गाउँपालिका वडा नं. ३ वस्तीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया सिचाईका लागि बनाइएको पोखरीमा डुवेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा डुबेका उनीहरूलाई स्थानीयले बेहोस अवस्थामा निकाल्न सफल भएका थिए।

उपचारका लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै उनीहरुको मृत्यु भएको बझाङका प्रहरी नायव उपरिक्षक गणेश वमले बताए।