२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

काठमाडौंमा पहिरोमा परी एक युवकको मृत्यु

फाइल तस्वीर ।

काठमाडौं,
५ साउन । काठमाडौंमा पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

वडाध्यक्ष मुकुन्द गजुरेलका अनुसार गुरुङ र उनकी आमासहित अन्य व्यक्ति बाहिर निस्किएका वेला खुला ठाउँमा पहिरो गएको हो । ‘सँगै हिँडिरहेका वेला उनी खोल्सातिर गएछन्’, गजुरेलले अनलाइनखबरसँग भने, ‘त्यति नै वेला माथिबाट पहिरो आएर थिचेछ । कराएपछि अरु पुगेर १० मिनेटमै निकालेछन् यद्यपि, ज्यान जोगिएन ।’

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएका छन् ।