२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

पहिरोमा पुरिएर गोरखामा ३४ वर्षीय महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर ।

गोरखा,
५ साउन । गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलस्थित कौदीककी ३४ वर्षीय लक्षिमाया गुरुङको पहिरोमा पुरिएर ज्यान गएको छ ।

सोमबार दिउँसो बाख्रालाई घाँस दिँदै गर्दा अचानक आएको पहिरोले गोठ भत्काउँदा पुरिएर उनको ज्यान गएको स्थानीय धनबहादुर गुरुङले बताए । ‘बाख्रालाई घाँस दिँदै गर्दा गोठ पुरिएछ, मान्छे पनि त्यहीँ भित्र पर्नु भएछ,’ उनले भने,‘जस्ताले च्यापिएको अवस्थामा भेट्यौं ।’

सूचना पाएलगतै ताङलीचोकबाट प्रहरी टोली घटनास्थलतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । ‘घटनाको अनुसन्धानका लागि टोली खटाइसकेका छौं,’ उनले भने । गोठमा रहेको केही बाख्रासमेत पहिरोमा पुरिएको स्थानीयले बताए ।