२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

दाङका बजार अब पाँच बजेपछि पनि खुल्ने

दाङ,
५ साउन । दाङमा दैनिक उपभोग्य वस्तुलगायत खरीद बिक्रीका लागि बजार खुला रहने भएको छ ।

यसअघि वेलुका पाँच वजेसम्ममात्रै खुल्ने गरेको बजार अव त्यसपछि पनि खोल्ने निर्णय भएको जिल्ला कोरोना रोकथाम तथा व्यवस्थापन समितिले जनाएको छ ।

समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अवदेखि पाँच वजेपछि पनि बजार खुल्ने भएको छ, तर होटेल, रेष्टुरेन्ट, सैलुनलगायत सरकारले खोल्नका लागि अनुमति नदिएका व्यवसाय खोल्न नपाईने भएको हो ।

सरकारले अहिले जुन जुन व्यवसाय खोल्न अनुमति दिएको छ, ती सवै खुल्छन, अनुमति नदिइएका पेशा व्यवसाय खोल्न अझै पाइँदैन– प्रजिअ रिजालले भन्नुभयो ।