२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

दाङबाट शुशिला थापा सहित कांग्रेस महिला विभागमा ६८ जना मनोनित

काठमाडौं,
५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभागमा सदस्यहरू मनोनित गरेका छन्।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ ९९० बमोजिम नेपाली कांग्रेस केन्द्रीय महिला विभागमा सदस्यहरुलाई सोमबार मनोनित गरेका हुन्।

विभाग प्रमुखमा ईश्वरी न्यौपानेलाई यसअघि नै मनोनित गरिएको थियो। उनी केन्द्रीय सदस्य हुन्। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवसहित ६८ जनालाई सदस्य मनोनित गरेका हुन्।

पार्टीको महाधिवेशन भएको छ महिनाभित्र गरिसक्नुपर्ने विभाग अर्को महाधिवेशन आउन ७ महिना बाँकी छँदा गठन भएका हुन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले १४ औं महाधिवेशन तयारी गर्नुपर्ने बेला विभाग गठनमा सभापति देउवाले ध्यान दिएर महाधिवेशन प्रभावित गर्न खोजेको आरोप लगाउने गरेका छन्।

हेर्नुस् नाम :