२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

विपि कोइरालाको ३८ औं स्मृति दिवसमा वृक्षारोपन गरिने

दाङ,
५ साउन । नेपाली कांग्रेसका संस्थापक नेता महामानव इतिहास पुरुष विश्वेश्वर प्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस दाङले घोराहीमा वृक्षारोपन कार्यक्रम गर्ने भएको छ ।

महामानव विश्वेश्वर प्रसाद कोइरालाको सम्झनामा घोराही उपमहानगरपालिका वडा नं १७ चौघेरा मन्दिरमा वृक्षारोपन कार्यक्रम गर्न लागिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।

वृक्षारोपन कार्यक्रममा सहभागी भईदिन नेपाली कांग्रेस दाङले नेपाली कांग्रेसका नेता, कार्यकर्ता, सम्पूर्ण भातृ संगठन तथा शुभेच्छुकहरुलाई आग्रह गरेको छ ।