२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

बुटवल–पाल्पा सडकखण्ड पुन: अवरुद्ध

बुटवल,
६ साउन । गएराति परेको अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल पाल्पा सडक पुनः पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

सडकखण्ड अन्तरगत सिद्धबाबा क्षेत्रका विभिन्न ठाउँमा तथा तानसेन नगरपालिकाको गौडे पुल नजिकै झरेको पहिरोले बाटो अवरुद्ध बनेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरो हटाउन आज दिनभर लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

असार २९ गतेदेखी बुटवल पाल्पा सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक सूचारु भएको केही समयमा अवरुद्ध हुँदै आएको छ ।

शुक्रबार राती तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै पहिरो खस्दा लु १ क ११७५ नम्बरको ट्रक पुरिएको थियो । पहिरोले ट्रक पुुुरिए पनि कुनै मानविय क्षति भने भएको थिएन ।