२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बिच सडकमै केराको बोट रोपीयो

लमही,
६ साउन । दाङको लमही नगरपालिका वडा नम्बर १ नर्ती स्थित पुर्बपश्चिम राजमार्गमा स्थानीयले सडक बिचमै केराको बोट रोपेका छन् ।

सडक बिग्रिएको खाल्डाखुल्टी मर्मतका लागी पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछी स्थानीयले बिरोध जनाउदै केरा रोपेका हुन् ।

सडक बिग्रेको लामो समयसम्म मर्मत नहुँदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाब स्वरुप सडकको बिचमै स्थानीयले दुई वटा केराका बोट रोपेका हुन् ।

लमही देखि पुर्ब तर्फको मुख्य राजमार्गको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । बिच सडकमा भैंसी आहाल बस्ने जस्ता ठुला ठुला खाडल बनेका छन् । सडकमा परेका खाडलका कारण कैयौंपटक सवारी साधन दुर्घटनामा परेका छन, भने कति मानिसले ज्यान समेत गुमाउनु परेको स्थानियले बताएका छन् ।

सडक बिग्रिएर खाल्डाखुल्टी हुँदा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानियको गुनासो छ ।