२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

सरसफाई सामग्री हस्तान्तरण

 देउखुरी, 
६ साउन । क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले राप्ती गाउँपालिको आइसुलेशनमा बसेका ब्यक्तिहरुलाई व्यक्तिगत सरसफाईका सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको कारण देउखुरीका तीन वटा गाउँपालिका गढवा, राजपुर र राप्ती गाउँपालिकाले संयुक्त रुपमा राप्तिी प्राबिधिक शिक्षालयमा संचालन गरिएको आइसुलेशनमा बस्नेहरुका लागि उक्त सरसफाईका सामग्री उपलब्ध गराईएको छ ।

राप्ति गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदि र स्वास्थ्य संयोजक नारायण रावतलाई संयुक्त रुपमा उक्त सरसफाई सामग्रीहरु क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम संयोजक हेमराज शर्माले हस्तान्तरण गर्नु भएको थियो ।

राप्ति गाउँपालिकामा कोरोना रोकथाम तथा न्युनिकरण सम्बन्धि कार्यक्रम गर्दै आईरहेको क्रियटिङ पोसिबिलिटिज नेपालले गाउँपालिकालाई सर्जिकल ग्लोब १ सय ओटा, केएन ९५ मास्क १ सय ओटा, इक्जामिनेसन ग्लोब २० ओटा, स्प्रे टंङ्की ३ ओटा, सोडियम हाइपोक्लोराइट २५ लिटर, ३ सय मिलीलिटरको सेनिटाइजर ५५ ओटा, लुगाधुने साबुन २ सय ओटा, नुहाउने साबुन २ सय ओटा र खुट्टाले चलाएर पानी निकाल्न मिल्ने टङ्की २ ओटा प्रदान गरेको छ ।

सो टंकी भने लालमटिया र सिसहनिया स्वास्थ्य चौकीमा क्रियटिङ पोसिबिलिटिज नेपालका बिद्यार्थि संयोजक श्याम चौधरीले सम्बन्धीत स्वास्थ्य चौकी प्रमुखलाई हस्तान्तरण गर्नु भएको थियो ।

क्रियटिङ पोसिबिलिटिज नेपालले गाउँपालिकाको कोरोना संक्रमण रोकथामका प्रयासहरुमा साथ र सहयोग गरेकोमा राप्ति गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदिले धन्यबाद प्रदान गर्नु भएको थियो ।