२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

पद हस्तान्तरण कार्यक्रम सम्पन्न

दाङ,
६ साउन। दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम आज मंगलवार सम्पन्न भएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी समितिका निर्वतमान अध्यक्ष दामोदर खनालले नवनिर्वाचित अध्यक्ष शंकर गौतमलाई गत आर्थिक बर्षसम्मको आय ब्यय बिवरण, जिन्सि विबरण र सदस्यता बिवरण सहित पद हस्तान्तरण गर्नु भएको हो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले गणेश समाज सुधार समितिको ब्यवस्थापनमा सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप ब्यवस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन । कार्यक्रमको सहजिकरण समितिका सचिव निर्मल गौतमले गर्नु भएको थियो ।

सदस्य र पदाधिकारी मनोनयन :
यसैबिच गणेश मन्दिर सुधार समितिको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले सल्लाहकार र सदस्य मनोनयन गरेको छ ।

आज मंगलवार सम्पन्न पहिलो बैठकले समितिको सल्लाहकारमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपाने र वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयलाई चयन गरेको छ । समितिको अध्यक्षले मनोनयन गर्न पाउने एक जना रिक्त सदस्यमा हेमराज शर्मालाई मनोनयन गरिएको बैठकपछि समितिका सचिव निर्मल गौतमले जानकारी दिनुभयो ।

बैठकले गणेश मन्दिर हिराकिर्तन भवनलाई ब्यवस्थित रुपमा सञ्चालन गर्नका लागि बिभिन्न ५ वटा उपसमिति पनि गठन गरेको छ । जसअनुसार अर्थ संकलन उपसमितिको संयोजकमा शिशिर अधिकारी, निर्माण तथा मर्मत सम्हार उपसमितिको संयोजकमा कुमार बसन्त आचार्य, सांस्कृतिक उपसमितिको संयोजकमा भगिरथ उपाध्याय, अनुगमन उपसमितिको संयोजकमा प्रदिपकुमार अर्याल र पूजा ब्यवस्थापन उपसमितिको संयोजकमा एकान्त टोल महिला संयोजक शिवा शर्मा रहनु भएको छ ।

बैठकले साउन १२ गते सोमवारका दिन समिति अन्र्तगत सञ्चालित गणेश मन्दिरमा रुद्री पूजा गर्ने समेत निर्णय गरेको छ ।