२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

हृदयघातबाट वडा अध्यक्षको मृत्यु

सांकेतिक तस्वीर ।

कैलाली,
७ साउन । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ ।

‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’

सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए ।