२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

विपिको सम्झनामा दिब्य ज्योतिमा वृक्षारोपन

तुलसीपुर,
७ साउन । विपि स्मृति दिबसको अबसरमा तुलसीपुर १२ कचिला स्थित दिब्य ज्योति बोर्डिङ स्कुलको आयोजनामा बृक्षारोपन कार्यक्रम गरिएको छ ।

प्रदेश ५ का सांसद तथा बिद्यालय संचालक समितिका अध्यक्ष शंकर गिरिको नेतृत्वमा आयोजित बृक्षारोपन कार्यक्रममा अशोक, धुमी सल्लो, गुलमोहर लगायतका जातका २ दर्जन बढी बिरुवा बिद्यालय प्राङ्गणमा रोपिएको हो ।

उक्त कार्यक्रममा बिद्यालयका अभिभावक तथा विभिन्न वडाका जनप्रतिनिधि तथा काङ्ग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।

पुर्ब जिल्ला बिकास समिती सदस्य तथा काङ्ग्रेस नेता केशव आचार्य, नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति जगत बहादुर खड्का, तुलसीपुर ९ का वडा अध्यक्ष घनश्याम ढकाल, १० का वडा अध्यक्ष कुमार लामिछाने, विभिन्न संघ संस्थाका प्रतिनिधि, बिद्यालयका शिक्षक कर्मचारी, अभिभावक तथा काङ्ग्रेस नेताहरुले बहुआयामिक ब्याक्तित्व बिपि कोइरालाले देखाएको बाटोमा अघि बढ्नुपर्ने बताउदै नेपालको राजनितिक तथा साहित्यिक मियोको रुपमा रहेका स्वर्गीय बिपि कोईरालाको योगदान चर्चा गरेका थिए ।

कार्यक्रमका सहभागीहरुलाइ बिद्यालयका प्रधानाध्यापक मनोज आचार्य, पुर्ब प्राधानाध्यापक बिनोद बस्नेत, राज कुमार शर्मा, शिक्षक रोशन गिरी लगायतले धन्यवाद ज्ञापन गर्नुभएको थियो।