२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

बोलेरो र मोटरसाईकल ठोक्किदा विद्युतका कर्मचारी गम्भीर घाइते

सल्यान,
७ साउन । सल्यानमा बोलेरो पिकअप गाडी र मोटरसार्इकल एक आपसा ठोक्किदा १ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको श्रीनगर–खलंगा सडक खण्डको मैसेपानी ओरालोमा बुधबार दिउँसो गाडी र मोटरसाइकल ठोक्किदा शारदा नगरपालिका १ का २५ बर्षिय मोटरसाईकल चालक घनश्याम न्यौपाने घाईते भएको प्रहरीले जनाएको छ ।

उनी नेपाल विद्युत प्राधिकरण लुहाम बितरण केन्द्रमा कार्यरत छन।

श्रीनगरबाट खलंगा जादै गरेको रा ५ प ६८०१ नम्वरको मोटरसाइकल र खलंगा देखी श्रीनगर तर्फ जादैँ गरेको भे १ च १२९९ नम्वरको बोलेरो पिकअप एक आपसमा ठोक्किएर दुर्घटना भएको सल्यानका प्रहरि प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जनाएका छन। घटना कसरी घटेको भन्नेबारे अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान सुरु भएको उनले बताए।

घाइते मोटरसाइकल चालकलाई सल्यान जिल्ला अस्पतालमा प्राथामिक उपचार पश्चात थप उपचारको लागी नेपालगन्ज रिफर गरिएको छ ।

घाईतेको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। अहिले गाडी र गाडी चालक दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।