२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

बलात्कार अभियोगमा तुलसीपुरका वली पक्राउ

फाइल तस्बिर ।

दाङ,
७ साउन । बलात्कार अभियोगमा तुलसीपुरमा एक जना पक्राउ परेका छन् ।

वैशाख १७ गते तुलसीपुरकी महिलालाई बलात्कार गरी फरार भनिएका तुलसीपुर उपमहानगरपालिका ३ का ४४ वर्षीय खिमबहादुर वलीलाई मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीमाथि घरमै सुतेकी महिलालाई बलात्कारको आरोप छ ।

अभियुक्तलाई मंगलबार आफ्नै घरमा लुकेको अवस्थामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी शिवबहादुर सिंहले बताए ।

उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।