२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

भारतमा एकैदिन ४५ हजारभन्दा बढी संक्रमित थपिए

काठमाडौं,
८ साउन । विश्वभर कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ।

बुधबारमात्रै थप २ लाख ७८ हजार ९ सय २ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार १ सय १७ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा थपिएका छन् त्यसपछि ब्राजिलमा धेरै संक्रमित थपिएका छन्।

कोरोना भाइरस प्रभावित मुलुकको तेस्रो नम्बरमा रहेको भारतमा बितेको चौबिस घण्टामा १ हजार १ सय २० जनाको मृत्यु भएको छ भने ४५ हजार ५ सय ९९ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २९हजार ८ सय ९० पुगेको छ भने १२ लाख ३९ हजार ६ सय ८४ जनामा संक्रमण देखिएको छ। भारतमा रहेका संक्रमितमध्ये ७ लाख ८४ हजार २ सय ६६ जना जना निको भएका छन् भने ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था खराब रहेको छ।

कोरोना भाइरसका कारण विश्वभर ६लाख २९ हजार २ सय ९८ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ६४ हजार १ सय २० जना संक्रमित छन्।

संक्रमितमध्ये ९३ लाख ४३ हजार ७ सय १५ जना निको भइसकेका छन्।