२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

वीरगञ्जमा कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

वीरगञ्ज,
८ साउन । पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।