२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

कञ्चनपुर,
८ साउन । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा बुधबार राति अज्ञात समूहले आगजनी गरेका छन् ।

आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ प्रहरीले जनाएको छ ।

कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले बताउनुभयो ।

‘कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ’ उहाँले भन्नुभयो, राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको वडा अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको टोली वडा कार्यालयमा पुगेको छ । के कति क्षति भएको छ । यकिन विवरण सङ्कलनको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।