२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

राप्तीमा आर्थिक वर्ष २०७६/०७७को समिक्षा

तिर्थराज ज्ञवाली, 
देउखुरी ८ असार । गत आर्थिक वर्ष २०७६/०७७ मा के कसरी काम गरियो र कति गरियो भन्ने वारेमा राप्तीमा समिक्षा गरिएको छ ।

राप्ती गाउँपालिकाको कार्यालय तथा वडा कार्यालयका प्रमुख, शाखा प्रमुख, कर्मचारी र प्राविधिक सहित गत आर्थिक वर्षको समिक्षा गरिएको हो ।

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको अध्यक्षतामा भएको समिक्षामा विषय गत शाखाले सम्पन्न गरेका योजना तथा कार्यक्रम र हुन नसकेका कार्यक्रमका बारेमा कारण सहित जानकारी गरिएको थियो ।

नयाँ आर्थिक वर्षको सुरुवातसंगै नयाँ आर्थिक वर्ष २०७७/०७८ का योजना तथा कार्यक्रम सूरु गर्नुपुर्व आगामी रणनिति सहित छलफल गरिएको हो ।

गत आर्थिक वर्षमा के कस्ता प्राविधिक, मानविय वा अन्य समस्याका कारण शत प्रतिशत काम गर्न नसकिएको बारेमा समेत विश्लेषणत्मक समिक्षा गरिएको छ ।

कार्यालयले गर्ने कामलाई चुस्त दुरुस्त राख्दै सेवा ग्राहीलाई मुस्कान सहित सेवा दिनका लागि सम्पुर्ण कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले निर्देशन समेत गर्नु भएको छ ।

कार्यालय सहयोगी देखी प्रमुख प्रशासकिय अधिकृत सम्मका कर्मचारीहरुको सहभागीता रहेको समिक्षा कार्यक्रम आगामी दिनमा जनप्रतिनिधि र आम नागरिक सहितको गरिने समेत बताईएको छ ।