२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

नुहाउने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

बुटवल,
८ साउन । नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ ।

अर्घाखाँचीको शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीलाई स्थानीय बाणगंगा खोलामा नुहाउँदा बगाएको हो । नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुर्याएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले आज बिहान उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शव फेला पारेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।