२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

दैलेखका २४ सहित कर्णालीमा ३० जना संक्रमित थपिए

सांकेतिक तस्वीर ।

सुर्खेत, 
८ साउन । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् । उनीहरु ४ देखि ४१ वर्षका छन् । सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् ।

एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका ३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।