२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

तुलसीपुरका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

तुलसीपुर,
८ साउन । भेरी अस्पताल नेपालगन्जको परिक्षणमा बिहिबार दाङका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४, ५ र ७ का ३९, ३९ र २३ बर्षिय एकएक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २ सय २९ नमुना मध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।