२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कमल गाउँलेको २०औं गाईजात्रा – के के हुने हो ?

दाङ,
८ साउन । हाँस्य कलाकार कमल गाउँलेको २०औँ गाईजात्रा सार्वजनिक भएको छ ।

कलाकार गाउँलेले २०औं गाइजात्रा– के के हुने हो ? नामक गाइजात्रा आज बिहीबार सार्वजनिक गरेका हुन् ।

बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गाईजात्राको बिमोचन गरेका हुन् । दाङमा नै छायाङ्कन गरिएको २०औँ गाईजात्राको प्राविधिक काम पनि दाङमा नै गरिएको कलाकार गाउँलेले बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सहजीकरण पत्रकार निमुसंगम घर्तीले गरेका थिए ।