२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

भेरी अस्पतालका कम्प्युटर अपरेटर घुस लिदैं गर्दा रंगेहात पक्राउ

भेरी अस्पताल । बाँके

नेपालगञ्ज,
८ साउन । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालका एक कर्मचारी घुस लिदैं गर्दा रंगेहात पक्राउ परेका छन ।

अस्पतालका कम्प्युटर अपरेटर अरुण कुमार खनाल १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिए ।