२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

उद्योग वाणिज्य महासंघको चुनाव पुनः स्थगित

काठमाडौं, 
८ साउन । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव निर्धारित मितिमा नहुने भएको छ ।

महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

बिहीबार बसेको पदाधिकारी बैठकले कोरोनाको त्रास बाँकी नै रहेको भन्दै चुनाव स्थगित गरेको महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिए ।

चुनाव स्थगित भए पनि नयाँ मिति भने तय भइनसकेको उनले बताए ।