२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

सुनको मुल्यमा नयाँ कीर्तिमान, तोलाको ९५ हजार ८ सय

फाइल तस्वीर ।

काठमाडौं,
९ साउन। सुनचाँदीको मूल्य बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

एकै दिन प्रति तोला एक हजार तीन सय रुपैयाँ बढेर सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा यो मूल्य अहिलेसम्मकै धेरै हो ।

चाँदीको मूल्य पनि प्रतितोला ११ सय ५० रुपैयाँ पुगेको छ ।