२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाँकेमा एकै दिन तिन जनाको शव फेला

सांकेतिक तस्वीर ।

बाँके,
९ साउन । बाँकेमा एकै दिन तिन जनाको शव फेला परेको छ ।

जिल्लाको कोहलपुर नगरपालिका १५ चन्नहवा वस्ने २२ बर्षिय रामरतन थारु शुक्रवार दिउँसो आफनै घर भित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटनाको विषयमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट थप अनुसन्धान भईरहेको छ ।

यस्तै डुडुवा गाउँपालिका ३ कटैया भगौडा स्थित राप्ती नदिको बगरमा अन्दाजी ५० बर्षिय एक पुरुष शुक्रवार विहान मृत फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार शव सडेको अवस्थामा फेला परेको हो । उनको सनाखत हुन नसकेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

राप्तीसोनारी गाउँपालिका ३ भगवतीपुर बस्ने बर्ष ५२ को राम कुमार थारु घर नजिकै मृत फेला परेका छन् । उनी घर देखी एक किलोमिटर पुर्व तर्फ विहान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।