२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

टेबुल पंखामा करेन्ट लागेर ४० वर्षीय महिलाको मृत्यु

फाइल तस्वीर ।

बुटवल,
९ साउन । करेन्ट लागेर रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका ६ बेथरीकी ४० वर्षकी इन्द्रा पासवानको टेबुल पंखामा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी उनको उपचारको लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।