२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

भालुबाङबाट अफिमसहित चार जना पक्राउ

दाङ,
१० साउन । प्रहरीले दाङबाट अफिमसहित चार जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–१ भालुबाङस्थित सोल्टी होटेलमा बसेर लागूऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ६ किलो ९६७ ग्राम अफिमसहित रोल्पाका चार जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका २ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्ती मगर, ३२ वर्षीय लालमन घर्ती मगर र सुनछहरी ५ का ३५ वर्षीय दुजबहादुर रोका रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

उनीहरुको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग भएको लु १ च ६१७१ नम्बरको जिप र लु ४० प ९८०६ नम्बरको मोटरसाइकल पनि बरामद भएको उनले बताए ।

बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध शुक्रबार लागूऔषध मुद्दा दर्ता गरी अदालतबाट १० दिनको म्याद थप गराएर अनुसन्धान गरिरहेको चन्दले जानकारी दिए ।