२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

१७ लाख बराबरको खसीबोका प्रहरीको नियन्त्रणमा

फाइल तस्वीर ।

परासी,
१० साउन । सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिका ५ रगरगन्जबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा १७ लाख बराबरको खसीबोका नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा पश्चिम नवलपरासी भित्राउँदै गरेको अवस्थामा ८५ वटा खसीबोका नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्‍वार्टर पश्‍चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

भन्सार छलेर नेपाल भित्र्याएर राखिएको अवस्थामा ती खसीबोका नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको खनियाले बताए ।