दाङ,
१० साउन । नेपाल तरुण दल दाङका जिल्ला सदस्य तथा सामाजिक अभियान्ता विर बहादुर खत्री (विरु)ले राप्ति आँखा अस्पताल रक्षाचौरमा मास्क वितरण गरेका छन् ।
कोरोना भाइरस रोकथामका लागि उपयुक्त मानिने N95 मास्क अस्पतालका सम्पूर्ण कर्मचारीहरुलाई वितरण गरेका हुन ।
विगत केही महिना देखि नेता खत्रीले विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई निशुल्क मास्क वितरण गर्दै आएका छन ।