२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

दाङमा जीपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, ४ जना घाइते

दाङ,
११ साउन । दाङको राप्ती गाउँपालिका ८ पिपरीमा जीपले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

तीन बालबालिकासहित ४ जना घाइते भएका छन् ।

हिजो बेलुकी बा २० च ५७४४ नम्बरको जीपले ठक्कर दिँदा घाइते भएका पिपरीकै ४८ वर्षका राजकुमार चौधरीको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

तीन बालबालिकासहित एक युवतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको छ ।

जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।