२०७८ मङ्सिर २० गते सोमवार
२०७८ मङ्सिर २० गते सोमवार

सवारी दुर्घटनामा प्युठानका घर्तिको मृत्यु, ५ जना घाइते

बुटवल,
११ साउन । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

आज बिहान सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको हो ।

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठेगानाका ३६ वर्षिय खेमराज परियार गम्भीर घाईते भएका छन्, भने २५ वर्षका यमराज घर्तिमगर, ३५ वर्षकि चनु घर्तिमगर पिकअपका चालक २३ वर्षका तेजेन्द्र बहादुर बुढा र दाङ राप्ति गाउपालिका १ का जोठबहादुर घर्तिमगर घाईते भएका छन् ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्रालिक प्रहरीले जनाएको छ ।

वर्षाको समयमा सडक चिप्लो हुनु तथा तिब्र गतीका कारण एक आपसमा पिकअप र ट्रक ठोकिएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।