२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

कर अधिकृतलाई कोरोना देखिएपछि राजश्व कार्यालय बन्द

नेपालगञ्ज,
११ साउन । राजश्व कार्यालय नेपालगन्जका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आईतबार एक दिनका लागि आन्तरिक राजश्व कार्यालय बाँके बन्द हुने भएको छ ।

राजश्व कार्यालय नेपालगन्जका कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आईतबार एक दिनका लागि सबै सेवा बन्द गरीएको हो । कार्यालयले एक सूचना जारी गर्दै आईतबार सबै सेवा बन्द रहने जनाएको छ।

कार्यालयका सबै कर्मचारीलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिँदैछ ।

शनिवार गरिएको परिक्षणममा त्यस कार्यालयका कर अधिकृतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।