२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

पूर्वी रुकुमबाट ९ किलो अफिमसहित ३ जना पक्राउ

रुकुम,
११ साउन । प्रहरीले ९ किलो १ सय ग्राम अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

पुथा उत्तरगंगा गाउँपालिका–१२ नयाँ बजारबाट ४० वर्षीय अमरजित पुन, ३४ वर्षीया प्रतिभा पुन र ३५ वर्षीया गाइने कामीलाई अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धी बज्राचार्यले बताए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरीबाट खटिएको टोलीले साउन ९ गते उनीहरुलाई पक्राउ गरेको डीएसपी बज्राचार्यले बताए ।

प्रहरीले उनीहरुको साथबाट अफिम नापतौलमा प्रयोग डिजिटल तराजु समेत बरामद गरेको छ ।