तुलसीपुर,
११ साउन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन असोज १० गते हुने भएको छ ।
समितिको बैठकले भदौ २० गते ११ औं अधिवेशन गर्ने र असोज १० गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
साउन ८ गते बसेको बैठकको निर्णय आज सार्वजनिक गर्दै यस्तो जानकारी दिईएको हो ।
साथै संस्थाको निर्वाचन कमिटि समेत गठन गरिएको छ ।