२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

कैलाली,
११ साउन । कैलाली करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका ४ का ३० वर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि अत्तरिया स्थित पदमा अस्पतालमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

वेल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले भनाइ छ ।