२०७९ असोज ११ गते मङ्गलवार
२०७९ असोज ११ गते मङ्गलवार

भारतमा एकैदिन ५० हजार बढीमा कोरोना संक्रमण

काठमाडौं,
१२ साउन । भारतमा एकै दिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ५२५ जनामा कोरोना पुष्टि भएको हो। योसहित भारतमा कुल संक्रमितको संख्या १४ लाख ३६ हजार पुगेको छ। यस्तै भारतमा ७ सय १६ जनाको मृत्यु भएको छ। मृतकको कुल संख्या ३२ हजार ८१२ पुगेको छ।

यस्तै विश्वभर कोरोना संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या १ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २९ हजार मानिस डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको कुल संख्या १ करोड पुगेको हो।

विश्वभर कुल संक्रमितको संख्या १ करोड ६४ लाखमध्ये ६ लाख ५१ हजार जनाको मृत्यु भइसकेको छ।