२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

ट्रकले स्कुटरलाई ठक्कर दिदा २६ वर्षीया युवतीको मृत्यु

कैलाली,
१२ साउन । कैलालीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवतीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बौनियामा ना ६ ख ३३४० नम्बरको ट्रकले से ६ प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक लम्कीचुहा नगरपालिका वडा नम्बर ६ की २६ वर्षीया सन्तोशी बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक र चालक सुर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान भएको दुर्घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।